Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

प्रधानमन्त्री शाहले भने- ढुक्क हुनुस्, विपद् व्यवस्थापनमा सरकार सक्रिय छ

प्रधानमन्त्री शाहले भने- ढुक्क हुनुस्, विपद् व्यवस्थापनमा सरकार सक्रिय छ

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गते यतादेखि विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्।

    सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री बालेनले विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी निरन्तर खटिरहेको स्पष्ट पारेका हुन्।

    images

    बैठकमा गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री बालेनले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विपद् व्यवस्थापनको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्ने प्रयास भइरहेको बताए।

    ‘हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दै छौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ उनले भने।

    यसैगरी प्रधानमन्त्री बालेनले भोटेकोसी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी व्यवस्थापनका लागि सरकार जुटिरहेको बताए। उनका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्ने तयारीसमेत गरिरहेको छ।

    हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाइएको प्रधानमन्त्रीले बताए।

    साथै प्रधानमन्त्री बालेनले विपद्का बेला आफ्नो ज्यान जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

    गत भदौ महिनाको १० गते रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार