Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सूर्यदेवलाई अर्घ्य र ‘जाकुरी’ पूजासँगै जितिया पर्व विधिवत् सम्पन्न

सूर्यदेवलाई अर्घ्य र ‘जाकुरी’ पूजासँगै जितिया पर्व विधिवत् सम्पन्न

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । चितवनको कालिका नगरपालिका–५ स्थित खगेरी खोला किनारमा आदिवासी थारू महिलाहरूले जितिया पर्वको अन्तिम दिनको पावन अनुष्ठान पूरा गरेका छन् । 

    सप्तमीका दिन दर (डटकट) खाएर अष्टमीमा दिनभरि निष्ठापूर्वक निर्जला व्रत बसेका महिलाहरूले जितियाको अन्तिम दिन सोमबार बिहानै पवित्र स्नान गरी सूर्यदेवको आराधना र विसर्जन अनुष्ठान सम्पन्न गरेका हुन् ।

    images

    खोलाको चिसो पानीमा स्नान गरेपछि व्रतालु महिलाहरूले भगवान् सूर्यदेवलाई जल तथा अर्घ्य अर्पण गर्दै अघिल्लो दिन विष्णु भगवानका रूपमा स्थापना गरिएको जितबाहन तथा पिपलको हाँगामा बनाइएको चिल र स्याल (चिलो–सिएरो) को आकृतिलाई नदीमा विसर्जन गरे ।

    WhatsApp Image 2026-10-05 at 1.50.07 PM.jpeg
    undefined

    पर्वबारे कालिका–५ की निरु चौधरीले भनिन्, “हाम्रो आज जितियाको अन्तिम दिन हो । हिजो दिनभर भोकै बसेर बेलुका जितबाहनको पौराणिक कथा सुन्यौँ, आज अन्तिम दिन सूर्य भगवानको पूजा गर्न खगेरी खोलामा आएर नुहाइधुवाइ गरी पूजाआजा गरेका छौँ ।”

    खोला किनारमा जितबाहनको विसर्जन गरेपछि महिलाहरूले नदीको चोखो माटो मुछेर ‘गौरगाङ्ग’ अर्थात् साना बालबालिकाको आकृति बनाएका थिए । थारू समुदायमा जितिया पर्व मुख्य गरी सन्तानको सुस्वास्थ्य, दीर्घायु र उन्नतिका लागि मनाइने भएकाले माटोका यी आकृतिहरूलाई भावी सन्तानको प्रतीक मानेर सिन्दूर र काजल लगाई पूजा गर्ने परम्परा छ ।

    WhatsApp Image 2026-10-05 at 1.50.07 PM (1).jpeg

    माटोको गौरगाङ्गलाई सिन्दूर र काजल लगाएपछि अघिल्ला दिनहरूमा उमारेर राखिएको मासको दाल अर्थात् ‘जाकुरी’ र अघिल्लो दिन टिपिएको चोखो बेलपत्रले ढाकेर पूजाअर्चना गरियो । जितिया पर्वमा जाकुरीको विशेष धार्मिक महत्त्व रहेको छ ।

    इमानदार भएर शुद्ध मनले निर्जला व्रत बस्ने व्यक्तिको जाकुरी (मास) निकै धेरै र राम्रोसँग उम्रिने तर देखावटीका लागि मात्र व्रत बस्नेको जाकुरी राम्रोसँग नउम्रिने जनविश्वास छ । यसैले यो पर्वले मानिसलाई मनमा पाप वा छल नराखी शुद्ध हृदयले भक्ति गर्न सिकाउँछ ।

    WhatsApp Image 2026-10-05 at 1.50.07 PM (2).jpeg

    खोला किनारमा सूर्यदेवको पूजा, जितबाहन विसर्जन र जाकुरी अर्पण गरिसकेपछि व्रतालु महिलाहरूले पुनः खोलामा स्नान गरे । स्नानपछि अघिल्लो रात जितबाहनको कथा सुन्दा राखिएका पवित्र सामग्री र प्रसादलाई मिसाएर भुटेर ग्रहण गर्दै महिलाहरूले व्रतको विधिवत् ‘पारण’ (कठोर व्रतको समापन) गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार