Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जलवायु न्याय र हिमाली राष्ट्रका एजेन्डा बोकेर फिजी पुगे परराष्ट्रमन्त्री

जलवायु न्याय र हिमाली राष्ट्रका एजेन्डा बोकेर फिजी पुगे परराष्ट्रमन्त्री

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल फिजी पुगेका छन्।

    ‘फिजी’ र ‘टुभालु’ मा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images

    मन्त्री खनालले असोज २० गते आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) लाई सम्बोधन गर्ने कार्यक्रम छ। उक्त सत्रअघि उनले ‘पलाउ’ का राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसमेतको उपस्थितिमा सञ्चारकर्मीहरूसँग आयोजना हुने प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।

    जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजित यस ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    फिजी र टुभालुका कार्यक्रम सकेपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। उनले असोज २२ गते अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्ताका क्रममा नेपाल-अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ।

    अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना हुने कार्यक्रममा सहभागी भई त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। मन्त्री खनाल असोज २६ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार