Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधान सेनापति बेलायततर्फ प्रस्थान

प्रधान सेनापति बेलायततर्फ प्रस्थान

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्।

    प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण २५ गतेसम्म हुने नेपाली सेनाले जनाएको छ।

    images

    प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।

    उक्त भ्रमणले लामो समयदेखि रहँदै आएको नेपाल र बेलायतबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

    प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार