Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु,एक गम्भीर

माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु,एक गम्भीर

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । बागलुङ निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ।  एकजना मजदुर गम्भीर घाइते भएका छन्।

    सोमबार बिहान करिब ७ :२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

    images

    मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर,गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवैजना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन्।

    घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार