Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

वैदेशिक रोजगारीका लागि एक वर्षमा ५० हजार नेपाली गए युरोप

वैदेशिक रोजगारीका लागि एक वर्षमा ५० हजार नेपाली गए युरोप

मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि एक वर्षमा ५० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देशमा गएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश गएका हुन् ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार युरोपियन युनियनमा आबद्ध २८ वटै देशमा नेपालीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् ।

    images

    क्रोएसिया, साईप्रस, माल्टा र रोमानियामा संस्थागत (मेनपावरमार्फत) समेत गएका छन् । ती बाहेकका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् ।

    ३३ हजार ६४७ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर युरोप गएका छन् । जसमा २६ हजार ६८० जना पुरुष ६ हजार ९६७ जना महिला रहेका छन् भने १७ हजार १०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

    विगत केही वर्षयता रोजगारीका लागि युरोप जाने नेपालीहरूको सङ्ख्या बढ्दो छ । हरेक वर्ष यो सङ्ख्या बढ्दो क्रममा छ । विशेषगरी युरोपका क्रोएसिया, साईप्रस, माल्टा, पोल्याण्ड, रोमानिया लगायतका देशमा भने नेपालीहरूको आकर्षण निकै बढी छ ।

    २०८०/०८१ मा श्रम स्वीकृति लिएर यूरोपेली देशमा जाने नेपालीहरूको तथ्यांक

    bbb_VxrYk13hcs.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार