Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । तनहुँको भानु नगरपालिका-१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएकामा छुट्टाछुट्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए।

    images

    उनका अनुसार मोटरसाइकल चालक शङ्करको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टङ्कनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार