Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

३ महिनाको अन्तरमा बाबुछोरीको विदेशमै मृत्यु : बाबु मलेसियामा विते, छोरी कोरियामा

३ महिनाको अन्तरमा बाबुछोरीको विदेशमै मृत्यु : बाबु मलेसियामा विते, छोरी कोरियामा

मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं । विद्यार्थी भिसामा ६ महिनाअघि दक्षिण कोरिया पुगेकी इलामकी २० वर्षीया किशोरीको निधन भएको छ। माई नगरपालिका–१ की सोनु श्रेष्ठको आईतबार निधन भएको हो।

    गत फेब्रुअरीमा कोरिया पुगेकी उनी उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन। हृदयघातका कारण उनको निधन भएको जनाईएको छ। उल्सान अस्पतालमा पोस्टमार्टम गरी उनको शव आफन्तलाई जिम्मा लगाईएको छ।

    images

    सोनुको शव नेपाल ल्याइने तयारी छ। तर, आर्थिक अभावका कारण त्यो सम्भव हुन सकिरहेको छैन। सोनु लिलाकुमार र प्रतिमा श्रेष्ठकी माइली छोरी हुन्। उनका दिदी र भिनाजु कोरियामै छन्।घरमा ४५ वर्षीया आमा, बहिनी र भाइ छन्। वहिनी कक्षा १२ र भाइ कक्षा ७ मा अध्ययनरत छन्। उनीहरुको गाउँमै सामान्य खेतीपाती छ।

    माई नगरपालिका– १ का अध्यक्ष राम बहादुर राईका अनुसार सोनुका बुवा लिलाकुमारको पनि ३ महिनाअघि मलेसियामा निधान भएको थियो। वैदेशिक रोजगारीको सिलसिलामा केही वर्षदेखि मलेसियामै रहेका उनको उतै हुँदा जेठमा निधन भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार