काठमाडौँ । आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार काठमाडौँको कमलादीमा उक्त पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको हो।
बैठकको पार्टी अध्यक्ष प्रभु साहले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् । बैठकमा केन्द्रीय कार्यालय सदस्य देवी पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन्।



