काठमाडौँ । नेपाली कांग्रेसका ३ महिलाले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । अहिले केन्द्रीय कार्यसमितिमा रहेका प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । गौतम २०७९ को प्रतिनिधि सभामा समानुपातिकतर्फकी सांसद र नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री हुन् ।
न्यौपाले कांग्रेसको प्रतिनिधि सभाको पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति पनि हुन् । उनी पटक–पटक केन्द्रीय सदस्य भइसकेकी छन् ।
‘नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी निर्माण गर्ने, संगठनलाई अझ मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा मेरो महत्वपूर्ण भूमिका रहनेछ, त्यसकारण मलाई मतदान गरेर यो अवसर प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु,’ न्यौपानेले भनिन् ।
कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गुरुङले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गुरुङ प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्षतर्फ सांसद बनेकी थिइन् । भने २०७९ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेकी थिइन् ।
कांग्रेसमा ८ सहमहामन्त्री छन् । एउटा सहमहामन्त्री महिलाका लागि छुट्ट्याइएको छ ।



