Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कृष्णकुमारी बस्नेतद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कृष्णकुमारी बस्नेतद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

    बस्नेत पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति तथा नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्ष हुन्।

    images

    उनले राजनीतिशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन् भने कानुनमा स्नातक (बीए एलएलबी) गरेकी छन्। उनी बागमती प्रदेश योजना आयोगकी पूर्व सदस्यसमेत हुन्।

    बस्नेतलाई कांग्रेसभित्र भद्र, शालीन र इमानदार नेतृका रूपमा चिनिन्छ। युवा पुस्तामाझ पनि उनको प्रभाव रहेको कांग्रेसका नेताहरू बताउँछन्।

    पार्टीको केन्द्रीय नेतृत्वमा रहेर आफ्नो राजनीतिक तथा सङ्गठनात्मक अनुभवलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार