Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रुपन्देहीस्थित एक घरमा गोली चल्यो, एक जना घाइते

रुपन्देहीस्थित एक घरमा गोली चल्यो, एक जना घाइते

आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । रुपन्देहीको देवदहमा एक व्यक्तिको घरमा गोली चलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घरमा आएका व्यक्तिलाई पेस्तोल देखाउने क्रममा गोली चल्दा देवदहमा एक युवा घाइते भएका छन्।

    रुपन्देहीको देवदह–७ का दीपक खरेलको घरमा गोली चल्दा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन्। खरेलले समाएको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएका हुन्।

    images

    देवदह मेडिकल कलेजमा उपचार गराइरहेका खत्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए।

    घटनापछि खरेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीले खरेलसँग रहेको पेस्तोल घरमा आएका खत्रीलाई देखाउने क्रममा गोली चलेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार