काठमाडौँ । आजदेखि सुरु हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको रौनक पार्टी कार्यालय सानेपामा पनि देखिएको छ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने कार्यक्रम भए पनि महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र सदस्यहरू पार्टी कार्यालय पुगेका छन्।
उनीहरू भेटघाट, भोट माग्न र प्रचार प्रसारमा व्यस्त छन् । आज उद्घाटन सत्र पश्चात् भोलिदेखि खुलामञ्चमै बन्द सत्र हुनेछ । यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन्।



