काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्।
अध्यक्ष ओलीको साटो महाधिवेशनमा शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुदैछ।
यसैबिच नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी हुने उनको सचिवालयले जनाएको छ।
‘अहिलेसम्म जाने भन्ने छ । केही अपर्झट भएन भने जानुहुन्छ’, प्रचण्डको सचिवालयको भनाइ छ । कांग्रेसले महाधिवेशनमा शुभकामना दिन प्राय सबै दलका नेताहरूलाई निम्तो दिएको जनाएको छ।



