Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जनमत पार्टीको अध्यक्षमा पुनः राउत, महासचिवमा सञ्जय यादव

जनमत पार्टीको अध्यक्षमा पुनः राउत, महासचिवमा सञ्जय यादव

आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । जनमत पार्टीको अध्यक्षमा पुनः डा.सिके राउत चयन भएका छन् । भर्खर सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा राउत र महासचिवमा सञ्जय यादव निर्वाचित भएका हुन्।

    अध्यक्ष पदमा सिके राउतको मात्र उम्मेदवारी परेको थियो । तर २० प्रतिशतभन्दा बढी मल ल्याउने प्रावधान भएको कारण अध्यक्ष पदमा पनि मतदान भएको थियो । २० प्रतिशतभन्दा धेरै बढी मत ल्याएका छन्।

    images

    मत परिणाम सार्वजनिक नगरेको कारण अध्यक्ष राउत कति मत पाएका छन् त्यो खुलेको छैन । त्यस्तै, मतगणनामा संलग्न एक नेताका अनुसार महासचिव पदमा सबभन्दा बढी मत सञ्जय यादवले ल्याएका छन्।

    एक जना महासचिव पदमा तीन जनाले उम्मेदवारी दिएका थिए । महासचिवमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिरहा)ले उम्मेदवारी दिएका थिए । यसअघि चन्दन सिंह महासचिव थिए । ११ सय ५५ जनाले मतदान गरेका थिए।

    सिरहाका सञ्जय यादव मधेश प्रदेशका प्रदेश सभा सदस्य हुन् । उनी दुई पटक मन्त्री पनि भइसकेका छन् । सिके राउतसँग राजनीतिमा सक्रिय छन्।

    सात जना उपाध्यक्षका लागि १४ जनाले उम्मेदवारी दिएका छन् भने एक जना उपमहासचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात जना सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार