काठमाडौँ । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा ऋण अधिकृत क्षितिज पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार पौडेले अध्यक्षमा नियुक्त भएका हुन्। मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा बुझ्दा उनी हाल बिरामी बिदामा थिए।
अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ । भरतपुर अस्पताल सङ्घीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।



