काठमाडौँ। बाढी प्रभावित समुदायका लागि गल्छी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। गल्छी गाउँपालिका–४ धादिङस्थित सहिद बहुमुखी क्याम्पस मासटारमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १३० जनाले स्वास्थ्य उपचार तथा परामर्श सेवा लिएका छन्।

नेपाल चिकित्सक सङ्घ सहित र गल्छी गाउँपालिकाको संयुक्त आयोजना तथा नेसनल ट्रमा सेन्टर र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
शिविरमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एमडीजीपी डा. सरोज गोहीवार, डा. सितेश यादव र डा. पुनम पाण्डे लगायतका चिकित्सक टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण तथा आवश्यक चिकित्सकीय परामर्श सेवा दिएका थिए।



