काठमाडौँ । नेपाली जनसम्पर्क समिति, पोर्चुगलको सातौँ अधिवेशनबाट नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि १५ जना निर्वाचित भएका छन्।
समितिको लिस्बनमा सम्पन्न अधिवेशनबाट ६ जना महासमिति सदस्य र ८ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । यस्तै एक जना केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन्।
निर्वाचन समितिले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिलाई पठाएको पत्रअनुसार महासमिति सदस्यमा पूर्णबहादुर मगर, युबराज पन्थी, वकील केसी, तिलक गैरे, भीमसेन थापाकाजी र सज्जन हमाल निर्वाचित भएका छन्।
त्यस्तै महाधिवेशन प्रतिनिधिमा यामेन्द्र घर्ती मगर, दीपक सुवेदी, प्रमोद पोखरेल, सेढाई, माइकल पौडेल, सुशील गैरे, कालिकादेवी विष्ट र चित्रध्वज जिसी निर्वाचित भएका छन्।
गुणराज शर्मा केन्द्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएको पत्रमा उल्लेख छ । निर्वाचित सबै पदाधिकारी तथा प्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाइएको छ।
निर्वाचन अधिकृत पुष्कराज जोशीले निर्वाचन परिणाम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा पेश गरेका हुन्।



