Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई प्रहरीले पक्राउ गरेको छ।

    मल्लले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–३ बाट पक्राउ गरेको हो।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार