Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । उच्च शिक्षाका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन् । विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन् । अघिल्लो वर्ष अध्ययनका लागि विदेशिने विद्यार्थीले एक खर्ब बराबरको विदेशी मुद्रा साथमा लगेका थिए ।

    वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो। आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ।

    images

    अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो। अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा रहेको छ। असारसम्म सेवा खाताअन्तर्गत भ्रमण आय ३२.१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो।

    नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ । नेपालीहरु अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायतमा मुलुक पुगेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार