Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कांग्रेसको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गर्ने खड्का महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेसको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गर्ने खड्का महाधिवेशन प्रतिनिधिमा पराजित

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का काठमाडौँ–५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

    प्रजातन्त्र सेनानी–सहिद परिवार–द्वन्द्व प्रभावित कोटाबाट महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धामा उत्रिएका खड्का ठाकुरप्रसाद पुडासैनीसँग पराजित भएका हुन् । १३२ मतसहित पुडासैनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा खड्काले १०१ मत मात्रै ल्याउन सके । एक जनाको कोटामा ५ जनाबिच भएको प्रतिस्पर्धामा  खड्का दोस्रो मत ल्याएका हुन्।

    images

    ८८ वर्षीय खड्काले ज्येष्ठ सदस्यको हैसियतमा विशेष महाधिवेशनको अध्यक्षता गरेका थिए ।  काठमाडौँ–५ बाटै कांग्रेस केन्द्रीय सदस्य गङ्गा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

    825260231_1121406913912180_1962073895392618062_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार