Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फार्मेसी पसलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

फार्मेसी पसलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । फार्मेसी पसलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको पचाल झरना गाउँपालिका–८ घर भएका २३ वर्षीय हिमाल शाही, सोही ठाउँका २१ वर्षीय हिरो बिक र कालिकोटको शुभ गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने २६ वर्षीय उमेशबहादुर शाही छन्।

    आरोपीहरूलाई बुधबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोको सहप्रवक्ता (डीएसपी) जीवन निरौलाले रातोपाटीलाई बताए।

    images

    कागेश्वरी मनोहरामा उनीहरूले सञ्चालन गरेको फार्मेसीबाट ब्युरोको टोलीले ट्रामाडोल ६ हजार ११५ क्याप्सुल र नाइट्राजेपाम ५ हजार ७६० क्याप्सुल बरामद गरेको छ।

    उनीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी निरौलाले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार