Oct 30 2026 | २०८३ कार्तिक १४ गते

काठमाडौँ उपत्यकाको करिडोरमा जोखिम अवधिभर सवारीसाधन पार्किङ गर्न निषेध

काठमाडौँ उपत्यकाको करिडोरमा जोखिम अवधिभर सवारीसाधन पार्किङ गर्न निषेध

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि उपत्यकामा पूर्व सचेतना अपनाउन थालिएको छ । विभागले बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सतर्क रहन भनेको छ।

    वर्षासँगै उपत्यकाको नदी करिडोरमा बहाव बढ्न सक्ने आकलन गरेर ट्राफिक प्रहरीले करिडोर क्षेत्रमा पार्किङ गर्न रोक लगाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका जोखिम युक्त करिडोर क्षेत्रमा पार्किङ निषेध गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

    images

    उनका अनुसार बागमती नदी, विष्णुमती, धोविखोला र हनुमन्ते खोला करिडोरमा जोखिम अवधिभर कुनै पनि सवारी साधन रोक्न र पार्किङ गर्न पाइने छैन । करिडोरमा सञ्चालित वर्कसपमा पनि सवारी नराख्न माइकिङ गरेर जानकारी गराइएको एसपी सुवेदीले बताए।

    मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार