Oct 30 2026 | २०८३ कार्तिक १४ गते

एमाले बैठकमा बोल्ने केन्द्रीय सदस्यलाई ३ मिनेटको समय

एमाले बैठकमा बोल्ने केन्द्रीय सदस्यलाई ३ मिनेटको समय

सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेट समय पाउने भएका छन्। बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए । साथै उनले बैठकमा पालना गर्नुपर्ने निमका बारेमा समेत जानकारी गराए।

    निर्धारित समयमा बोल्न नभ्याएका विषयहरु लिखित रूपमा दिन सकिने भन्दै अध्यक्ष ओलीले आफूले प्रस्तुत गरेको प्रतिवेदन अध्ययनका लागि आजको बैठक चाँडै टुङ्ग्याउने र भोलिदेखि छलफल चल्ने उनको भनाइ छ।

    images

    अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर मात्रै बोल्न अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन समेत दिए।

    उनले मङ्गलवारबाट बैठक स्थलमा मोबाइल नल्याउन र कसैले मोबाइल लिएर भिडिओ, खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने बैठकका अनुशासनका नियमहरूबारे जानकारी दिए । साथै नेताहरूले बसेको आसन छोड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने समेत अध्यक्ष ओलीले जानकारी गराएका छन् । स्वस्थ सभ्य र सङ्गठनात्मक विधिबाट छलफलमा सहभागी हुन निर्देशन दिँदै ओलीले एमाले बैठकको काँधमा धेरै प्रकारका अभिभारा रहेको तथा जनतामा परेको भ्रम चिरेर जानुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार