Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौँको फर्पिङबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँको फर्पिङबाट लागुऔषधसहित दुईजना पक्राउ

आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सर्लाहीको कौनेडा गाउँपालिका–७ का १८ वर्षीय अबिन्द्र कुमार यादव र सोही ठाउँका १८ वर्षीय अमरेश कुमार यादव छन्।

    images

    शनिबार सर्लाहीबाट काठमाडौं आउँदै गरेका उनीहरूको साथबाट २१० ट्याब्लेट निट्जासेन र १६८ ट्याब्लेट पीभोन स्पास प्लस बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए।

    इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले उनीहरू सवार बागमती प्रदेश–०१–००७ ख १५९० नम्बरको गाडी चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।

    उनीहरूविरुद्ध प्रहरी वृत्त कीर्तिपुरले लागुऔषध मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार