Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भेडासिंहबाट १ केजी ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

भेडासिंहबाट १ केजी ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । प्रहरीले काठमाडौँको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतीय नागरिक माणिक दास एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका हुन्।

    प्रहरीले उक्त सुन अवैध रहेको जनाएको छ । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । माणिकले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार