Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली समाज भारत

बाढीपहिरो पीडितका लागि नेपाली समाज भारतद्वारा २१ लाख २१ हजार सहयोग

बाढीपहिरो पीडितका लागि नेपाली समाज भारतद्वारा २१ लाख २१ हजार सहयोग

बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ। बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाली समाज भारतले २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    नेपाली समाज भारत केन्द्रीय समितिले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापामार्फत बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि हस्तान्तरण गरिएको हो।

    images

    रकम नेपाली समाज भारतका केन्द्रीय सह–संयोजक आर. बी. खड्काको नेतृत्वमा गएको नेता–कार्यकर्ताको टोलीले हस्तान्तरण गरेको जनाइएको छ। टोलीमा सह–संयोजक वेदप्रकाश भण्डारी, वरिष्ठ सदस्य मानु श्रेष्ठ, नारायण बिक, दीपक जीसी, माइकल क्षेत्री, नारायण बिष्ट, लक्ष्मण सोनी तथा समाजसेवी लक्ष्मी रावतलगायत सहभागी थिए।

    गत २६ अगस्टमा रसुवा, नुवाकोटलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली समाज भारतले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

    नेपाली समाज भारतका अनुसार यसअघि पनि मानवीय अभियानअन्तर्गत तमिलनाडु–पुडुचेरी संयुक्त राज्य समितिबाट ५० हजार रुपैयाँ तथा पञ्जाब–जम्मु कश्मीर, पञ्जाब–हरियाणा, महाराष्ट्र, दिल्ली एनसीआर, कर्नाटक, मध्यप्रदेश, उत्तर प्रदेश, हिमाचल प्रदेश, गोवा, गुजरात, आन्ध्र प्रदेश–तेलंगाना, तमिलनाडु–केरला, चण्डीगढ संयुक्त राज्य समितिलगायतको पहलमा २ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइसकिएको थियो।

    समाजले राहत अभियानमा आर्थिक तथा नैतिक सहयोग गर्ने भारतभरिका नेपाली समाजका राज्य तथा नगर समिति, नेता–कार्यकर्ता, सदस्य, नेपाली तथा भारतीय समुदाय र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।

    साथै, बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न देश–विदेशमा रहेका नेपालीलाई अपिलसमेत गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार