Oct 30 2026 | २०८३ कार्तिक १४ गते

डलासबाट जलवायु न्यायको आवाज राष्ट्रसंघ मुख्यालयसम्म पुर्‍याइँदै

डलासबाट जलवायु न्यायको आवाज राष्ट्रसंघ मुख्यालयसम्म पुर्‍याइँदै

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ  । नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा बेपत्ताहरूको सकुशलताको कामना गर्दै अमेरिकाको डलासमा गरिएको श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमले नेपालको जलवायु न्यायको आवाज संयुक्त राष्ट्रसंघ मुख्यालयसम्म पुर्‍याउने भएको छ।

    डलासको रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिजमा भिजिट नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालप्रेमीहरूको सहभागिता थियो । कार्यक्रममा दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने बेपत्ताहरूको सकुशलताको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो।

    images

    नेपालले विश्वव्यापी जलवायु संकटमा अत्यन्त न्यून योगदान गरे पनि त्यसको गम्भीर मानवीय तथा आर्थिक असर भोगिरहेको आयोजकले बताएका छन् । जलवायु न्याय, हानि तथा क्षति, अनुकूलन र उत्थानशीलताका लागि विश्व समुदायको ठोस साथ आवश्यक रहेको उनीहरूको भनाइ छ।

    डलासबाट सुरु भएको अभियानलाई निरन्तरता दिँदै भिजिट नेपालले आगामी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरेको छ । मौन प्रदर्शनमार्फत नेपालको जलवायु जोखिम तथा विपत्तिपछिको पुनर्निर्माणको आवश्यकताबारे विश्व समुदायको ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ।

    WhatsApp Image 2026-09-13 at 11.00.55

    आयोजकले विपत्तिपछि नेपाललाई शोक र विनाशको तस्बिरबाट मात्र नहेर्न पनि आग्रह गरेका छन् । सुरक्षित तथा खुला रहेका नेपालका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न विश्वभरका पर्यटकलाई आह्वान गर्दै जिम्मेवार पर्यटनले स्थानीय रोजगारी, व्यवसाय तथा परिवारको आयआर्जन जोगाउन सहयोग गर्ने बताएका छन्।

    जिम्मेवार पर्यटनमार्फत नेपालको पुनःउत्थान र पुनर्निर्माणमा समेत प्रत्यक्ष योगदान पुग्ने आयोजकको विश्वास छ।

    डलासमा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन र बेपत्ताहरूको सकुशलताको कामना गर्दै प्रार्थना गरिएको अभियान अब संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि पुग्ने भएको हो । त्यहाँ नेपालको जलवायु न्याय र विपत्तिपछिको पुनर्निर्माणका लागि विश्व समुदायको साथ खोजिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार