Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा समस्या देखिएपछि बिटक्वाइनसहित क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट

बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा समस्या देखिएपछि बिटक्वाइनसहित क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट

शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौँ । बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जले सम्भावित सुरक्षा समस्या सार्वजनिक गरेपछि शुक्रबार बिटक्वाइनसहित प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ ।

    रोयटर्सका अनुसार बिटक्वाइनको मूल्य घटेर ७७ हजार ६४६ अमेरिकी डलर पुगेको छ । यो पछिल्लो छ सातायताकै न्यून मूल्य हो । त्यस्तै, दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथेरियमको मूल्य घटेर प्रतिगोटा २ हजार २३८.७६ डलर पुगेको छ । यो दुई महिनायताकै न्यून हो ।

    images

    बाइनान्ससँग सम्बन्धित बीएनबी टोकनको मूल्य पछिल्लो २४ घण्टामा आठ प्रतिशतभन्दा बढीले घटेर ६९४ डलरमा झरेको छ ।

    बाइनान्सले सुरक्षा जोखिमका कारण २ अर्ब ५० करोड डलरभन्दा बढी मूल्यका सम्पत्ति रोक्का गरिएको जनाएको छ । कम्पनीले प्रयोगकर्ताको सम्पत्ति सुरक्षाका लागि बिटक्वाइनमा आधारित छुट्टै कोषसमेत सञ्चालन गर्दै आएको छ । उक्त कोष साइबर आक्रमण वा सुरक्षा उल्लङ्घनका घटनामा प्रयोगकर्ताको सम्पत्ति जोगाउने उद्देश्यले स्थापना गरिएको हो ।

    बाइनान्सको सुरक्षा समस्याको खबर सार्वजनिक भएपछि क्रिप्टोकरेन्सी बजारमा लगानीकर्ताको विश्वास प्रभावित भएको र प्रमुख डिजिटल मुद्राको मूल्यमा दबाब परेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार