Oct 30 2026 | २०८३ कार्तिक १४ गते

भरतपुरमा गुडिरहेको कारमा आगो लाग्नुको कारण खोज्दै प्रहरी

भरतपुरमा गुडिरहेको कारमा आगो लाग्नुको कारण खोज्दै प्रहरी

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुड्दागुड्दैको कारमा कसरी आगो लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । भदौ २६ मा बिहान ६ बजेतिर पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्रदेश–०१–०३० च ५५७९ नम्बरको ईभी कार गुडिरहेको बेला अचानक आगलागी भएको थियो।

    कारमा आगलागी हुँदा चालक ५६ वर्षीय अमर पराजुलीको मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–१२ घर भएका पराजुलीले आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए । आयोन ब्राण्डको ईभी कार गुडिरहेको बेला अचानक आगलागी भएपछि चालक बाहिर निस्कन नसकेको र गाडीभित्रै उनले ज्यान गुमाएका थिए।

    images

    कारमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले बताए । उनले भने, ‘प्राविधिकहरूसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ।’

    मृतकको चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको छ । शुक्रबार बिहान ६ बजेतिर आगो दन्किरहेको अवस्थामा कार गुडिरहेको देखेपछि स्थानीयले रोक्न आग्रह गरेका थिए । तर, कार एकैचोटि सडकको डिभाइडरमा आएर ठोक्किएको थियो।

    सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार