Oct 29 2026 | २०८३ कार्तिक १३ गते

गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद

गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो।

    ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर–२ का स्थानीय हुन्।

    images

    बसुन्धारामा स्टोर ग्यास स्टोर सञ्चालन गरेका लुइँटेलले प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् । आरोपीले नयाँ सिलिन्डर ५ हजारमा बेच्ने गरेको एसपी कार्कीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार