Oct 29 2026 | २०८३ कार्तिक १३ गते

युवराज दुलालको प्रश्न- सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्दैछ भन्ने सुनियो, के हो ?

युवराज दुलालको प्रश्न- सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्दैछ भन्ने सुनियो, के हो ?

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्दैछ भन्ने सुनिएको भन्दै यसबारे जवाफ खोजेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषय उठाएका हुन्।

    images

    ‘…सरकारले यो विद्युतीय खरिद प्रणालीमा ह्याक भयो भनेर यसलाई बन्द गर्न खोज्दैछ भन्ने कुरा हामीले सुनेका छौं,’ उनले भने। उनले ईजीपी सिस्टम तत्काल खुलाउन उनले माग गरे।

    ‘ह्याक भएको भए ह्याकिङमा संलग्नहरूलाई छानबिन गरियोस्,’ उनले भने, ‘जोसुकै होस् पुरानो होस् या नयाँ होस्। कर्मचारी होस्, व्यवसायी होस् या बिचौलिया होस् । जतापट्टीको भएपनि कारकाहीको राडारमा आउँछ भने कारबाही गरियोस् । उन्मुक्ति नदिइयोस्।’

    कतिपय पुरानो सिस्टम हटाएर नयाँ ल्याउन लागेको भन्दै उनले यसमा सरकार सतर्क हुनुपर्ने आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार