Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे न्यूजिल्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

    उनले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताए । ​उनले न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।

    images

    शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगको लागि हार्दिक अनुरोध गरे।

    सो क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार