Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बालेनबारे गगन : ‘ही हेट्स प्राइभेट सेक्टर’

बालेनबारे गगन : ‘ही हेट्स प्राइभेट सेक्टर’

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गरेका छन्।

    गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

    images

    ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ सभापति थापाले भने, ‘अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा ही हेट्स प्राइभेट सेक्टर।’

    उनले प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको पनि प्रष्टीकरण दिए।

    ‘मैले अनुमानको आधारमा भनेको होइन,’ उनले भने, ‘उहाँको पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू।’

    सभापति थापाले दुग्ध विकास संस्था, हेटौडा कारखाना, नेपाल औषधि लिमिटेडबारे सरकारले गरेको निर्णयहरूलाई आधारका रुपमा प्रस्तुत गरे।

    ‘ती कारखाना चलुन्, मुनाफा कमाउन्, मेरो शुभेच्छा छ,’ उनले भने, ‘त्यसका बारेमा टिप्पणी होइन।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार