Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रास्वपा सांसद भण्डारीले गरे उद्योग समितिको सदस्यबाट राजीनामा दिने घोषणा

रास्वपा सांसद भण्डारीले गरे उद्योग समितिको सदस्यबाट राजीनामा दिने घोषणा

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधि सभाको ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।

    बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले आम जनताले सहज रूपमा खाना पकाउने ग्याससमेत पाउन नसकेको गम्भीर अवस्थामा समितिमा रहिरहनुको औचित्य नभएको बताएका हुन्।

    images

    सांसद भण्डारीले भने, ‘अहिले देशमा जनताले खाना पकाउने ग्यास पाउन सकेका छैनन्। जनता यतिसम्मको सास्ती भोगिरहेका छन्, तर यस्तो अवस्थामा पनि उपभोक्ताको हित हेर्ने संसदीय समितिमा रहेर काम गर्न सक्ने नैतिकता मैले पाइनँ।’

    उनले उपभोक्ता हितसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार र सम्बन्धित निकाय मौन बसेको र जनतालाई सास्ती दिने काम भइरहेको बताए। जनताले भोकै पर्ने अवस्था आउँदासम्म पनि प्रभावकारी कदम चाल्न नसक्ने समितिमा बस्नुभन्दा त्यसबाट अलग हुनु नै उपयुक्त रहेको उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार