Oct 29 2026 | २०८३ कार्तिक १३ गते

गण्डकी प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेस

गण्डकी प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेस

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका काम कारबाही र प्रगति समेटिएको छैठौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेस गरेका  हुन्।

    प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकामा आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए।

    images

    ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम निर्दिष्ट समयसीमा भित्र नै आयोगले प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन तयार गरी पेस गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार