Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विपक्षी दलको बैठक सिंहदरबारमा सुरु

विपक्षी दलको बैठक सिंहदरबारमा सुरु

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक सुरु भएको छ । समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको हो।

    बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, एमाले संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमाल, प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राईसहित उपस्थित छन् । बैठकमा ‘रसुवामा बाढीले पुर्‍याएको क्षति र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस प्रमुख सचेतक थापाले जानकारी दिइन्। 

    images

    bipaxi-dal-meeting (1)

    मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका विषयमा साझा धारणा बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दलले विपक्षी दलहरूको बैठक बोलाएको हो । बैठकमा सरकारका पछिल्ला काम कारबाहीका साथै संसदमा विपक्षी दलहरू कसरी अघि बढ्ने भन्ने विषयमा पनि गहन छलफल हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार