Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राष्ट्रिय सभाले कुन–कुन कानुन बनाउन दिएन? : मन्त्री गौतमलाई कांग्रेस सांसदको प्रश्न

राष्ट्रिय सभाले कुन–कुन कानुन बनाउन दिएन? : मन्त्री गौतमलाई कांग्रेस सांसदको प्रश्न

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन्।

    बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्।

    images

    मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नहुँदा कानुन बनाउन नपाएको भन्दै हिँडेको आरोप कर्णले लगाइन्। केही दिनअघि मन्त्री गौतमले राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएका कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन्।

    फैसला कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै सांसद कर्णले सबै तहका अदालत हुँदाहुँदै पनि नागरिकले समयमा न्याय पाउन नसकेको उल्लेख गरिन्। मुद्दा फैसलाको प्रक्रिया लामो भएका कारण नागरिकले समयमा न्याय पाउन नसकेको उनको भनाइ छ।

    ‘मन्त्रीज्यूले राष्ट्रिय सभामा हाम्रो प्रतिनिधित्व छैन, त्यसकारण हामीले कानुन बनाउन पाएनौँ भनेर मन्तव्य दिँदै हुनुहुन्छ,’ बैठकमा बोल्दै उनले भनिन्, ‘राष्ट्रिय सभाका कारण अर्थात् प्रतिनिधि सभाका कारण अर्थात् कुन निकायका कारण उहाँले कुन–कुन कानुन बनाउन पाउनुभएन?’

    फैसला कार्यान्वयनको विषय निकै गम्भीर रहेको र यसमा भइरहेको ढिलाइले गर्दा पीडित नागरिकले न्याय पाउन नसकिरहेको उनले स्पष्ट पारिन्। देशको सबैभन्दा महत्त्वपूर्ण निकाय न्यायालय भए पनि नागरिकलाई समयमा न्याय दिन नसकिनु चिन्ताजनक रहेको उनले बताइन्।

    मुद्दा फैसलाको प्रक्रिया लामो हुनुका साथै सुनुवाइको मिति पटक–पटक सार्ने कामले पनि न्यायमा ढिलाइ भइरहेको भन्दै उनले फैसला कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा जोड दिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार