Oct 29 2026 | २०८३ कार्तिक १३ गते

संसद्‌ बैठकमा रविकाे सम्बोधन : भोटेकोशी बाढी उच्च प्राथमिकता, जेनजी आन्दोलनबारे बोलेनन्

संसद्‌ बैठकमा रविकाे सम्बोधन : भोटेकोशी बाढी उच्च प्राथमिकता, जेनजी आन्दोलनबारे बोलेनन्

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको विषयमा मौन देखिएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सम्बोधन गरेका लामिछानेले गत वर्ष भदौ २३ र २४ गतेको घटनाबारे केही पनि बोलेनन्।

    सम्बोधनका क्रममा उनले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीलाई उच्च प्राथमिकताका साथ उठाएका छन्।

    images

    जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको अकल्पनीय प्रभाव, सरकार र राजनीतिक दलहरूको भूमिका, जलवायु न्यायका लागि खेल्नुपर्ने कूटनीति र सरकारले संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने एजेण्डाबारे पार्टीको तर्फबाट लामिछानेले स्पष्ट धारणा राखे। यद्यपि जेनजी आन्दोलनको सन्दर्भमा उनले मङ्गलबार नै एक विज्ञप्ति जारी गरेका थिए।

    एक वर्षअघि आजकै दिन जेनजी आन्दोलनका कारण केपी ओली नेतृत्वकाे तत्कालीन सरकार ढलेको थियो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत महत्वपूर्ण संरचना ध्वस्त भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार