काठमाडाैँ । प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् । बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा उनी सहभागी भएका थिए। आजकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सम्बाेधन गरेका थिए। लामिछानेकाे सम्बाेधन लगत्तै प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएका हुन्।
संसद् बैठकमा बाेल्दै लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री शाहलाई जलवायु कूटनीति र जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउन सुझाव दिए।
जलवायु परिवर्तनको असरमा नेपालको कुनै दोष नभएको स्पष्ट पार्दै नेपालले नखाएको विषको सजाय भोग्न नसक्ने बताए। लामिछानेले सम्बाेधन लगत्तै प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएका हुन्।



