Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भोटेकोशीको बाढी प्राकृतिक विपत्ति होइन, यो जलवायु सङ्कटको परिणाम हो : सभापति लामिछाने

भोटेकोशीको बाढी प्राकृतिक विपत्ति होइन, यो जलवायु सङ्कटको परिणाम हो : सभापति लामिछाने

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले उक्त घटना जलवायु सङ्कटको असमान भारका कारण उत्पन्न क्षति भएको बताए।

    सभापति लामिछानेले भने– ‘भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई केवल प्राकृतिक विपत्तिमा मृत्यु भएका भन्न सकिन्न। यो जलवायु सङ्कटको असमान भारका कारण उनीहरूले ज्यान गुमाउनु परेको हो।’ नेपालजस्ता मुलुकहरूले आफूले नगरेको अपराधको सजाय जलवायु परिवर्तनका नाममा भोगिरहेको उनको भनाइ छ।

    images

    सभापति लामिछानेले अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय माग्नुपर्नेमा जोड दिए ।  ‘हामी अब जलवायु न्याय माग्छौँ । यसका लागि हामी विश्वको ढोका–ढोका ढकढक्याउने छौँ,’ उनले भने । उनले जलवायु परिवर्तनको मुद्दामा नेपालले आफ्नो आवाज सशक्त बनाउनुपर्ने र यसको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे।

    विपद्को यो घडीमा प्रभावित क्षेत्रका बासिन्दाले देखाएको एकताको उनले उच्च प्रशंसा गरे । लामिछानेले भने– ‘यति ठुलो सङ्कट र अपूरणीय क्षति व्यहोर्दा पनि उहाँहरू एक अर्काको हात समातेर उभिइरहनु भएको छ, यो साहस र एकता नै हाम्रो शक्ति हो।’

    सभापति लामिछानेले भोटेकोशी लगायत देशभरका बाढी पहिरो पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनामा सरकार गम्भीर हुनुपर्ने र यो मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार