Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढीपीडितको दुःखलाई मजाक नबनाउन सांसद थपलियाको आग्रह

बाढीपीडितको दुःखलाई मजाक नबनाउन सांसद थपलियाको आग्रह

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । नेपाली कांग्रसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन्।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन्।

    images

    ‘नागरिकको अभिभावक सरकार हो । विपत्तिका कारण आफ्ना परिवारका सदस्य गुमाएका वा हराइरहेका परिवारको खोजी गरिदिन सरकारसँग आग्रह गर्दै बोलेका भिडियोहरूमा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले गरेका केही टिप्पणीहरू पढ्दा झनै दुःख लागेको छ,’ सांसद थपलियाले भनिन्।

    उनले संवेदनशील समयमा पनि सामाजिक सञ्जालमा अरूको पीडामाथि तल्लो स्तरमा पुगेर टिप्पणी गर्ने हिम्मत कसरी आउँछ भन्दै प्रश्न गरिन्।

    ‘यस्तो दुःखद् र संवेदनशील समयमा पनि सामाजिक सञ्जालमा अरूको पीडामाथि यसरी तल्लो स्तरमा पुगेर टिप्पणी गर्ने हिम्मत कसरी आउँछ ?,’ थपलियाले सोधिन्, ‘के हामीभित्रको मानवता यति धेरै हराइसकेको हो?’

    सांसद थपलियाले अरूको दुःखलाई मजाक नबनाउन आग्रह पनि गरिन् । ‘कृपया अरूको दुःखलाई मजाक नबनाऔं। आज अरूमाथि परेको विपत्ति भोलि हामीमाथि पनि पर्न सक्छ,’ उनले भनिन्, ‘सबैको घरपरिवार सुरक्षित रहोस्, कसैले पनि यस्तो विपत्ति भोग्न नपरोस्।’

    उनले त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बगाउँदा धादिङ सदरमुकाम र राजधानीसँगको सडक सम्पर्कमा गम्भीर समस्या उत्पन्न भन्दै तत्काल बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनर्स्थापित गर्न सरकारसँग माग पनि गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार