काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले जेनजी आन्दोलनका क्रममा भौतिक संरचना जलाउने को थियो भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बिकले जेनजीहरुले जिम्मा नलिएको अवस्थामा त्यसको पहिचान हुनुपर्ने बताएकी हुन् । ‘२४ गते सिंहदरबार जलाउने दोषी को थियो ?,’ उनले भनिनन्, ‘जेनजीहरुले हामी जिम्मा लिन सक्दैनौ भनेको अवस्था छ।’
उनले मानवअधिकार आयोगको प्रतिवेदन पनि सरकारले थन्क्याएको बताउँदै त्यसको कार्यान्वयन गर्न मा गरेकी छन्। ‘किन लुकाइएको छ । यो थन्क्याउने बेला होइन कार्यान्वयन गर्ने बेला बेला हो’, उनले भनिन्न।
उनले यति ठूलो आन्दोलनपछि बनेको सरकारले पनि जेनजीका मागहरु पूरा किन नगरेको भन्दै प्रश्न पनि गरिन्। ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार किन हुन सकेन ? शहीदका सपनाहरु किन साकाहार हुन सकेनन् ? यो धेरै गम्भीर विषय छ ‘,उनले भनिन्।



