Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढीपछि बेपत्ता भएकाको अवस्था पत्ता लगाउन एमाले सांसदको ध्यानाकर्षण

बाढीपछि बेपत्ता भएकाको अवस्था पत्ता लगाउन एमाले सांसदको ध्यानाकर्षण

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा बेपत्ता भएका गृहजिल्ला दार्चुलाका पाँच जनाको अवस्था पत्ता लगाउनका लागि उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले १० भदौमा गएको बाढीमा परी दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको जानकारी संसद्लाई दिँदै उनीहरूको उद्धारका लागि तीव्रता दिन सरकारसँग माग गरेका हुन्।

    images

    सांसद ठगुन्नाले दार्चुलाको लेकम गाउँपालिका–४ निवासी नेपाली सेनाका सहसेनानी देवसिंह धामी, दुहु गाउँपालिका–५ निवासी नेपाली सेनाका नायक विकासबहादुर ठकुरी, शैल्यशिखर नगरपालिका ८ निवासी भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी र अपर त्रिशूली १ मा कार्यरत जयनन्द जोशीको अवस्था अज्ञात रहेको बताए।

    ‘वेपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीडितहरूको राहत, पुनर्स्थापना, खोजी कार्य द्रूत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यानकर्षण गर्दछु,’ उनले भने।

    सांसद ठगुन्नाले दार्चुलाको अपीहिमाल गाउँपालिका–१ भट्टाडमा पहिरो जाँदा दर्जनौं स्थानीय बासिन्दा विस्थापित भएका पनि बताए । ‘विस्थापित परिवारहरूको पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार