काठमाडौं । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी मंगलबार पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार सुनसरी, रौतहट, सिन्धुली, पाल्पामा भएको सवारी दुर्घटनामा चार र बाँकेमा एक जनाको मृत्यु भएको हो।
मंगलबार सुनसरीको धरान उपमहानगरपालिको गुराँसचोकस्थित कोशी राजमार्गमा रोकेर राखेको को ८ प ३३३३ नम्बरको मोटरसाईकलले १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ बर्षीय राजेन्द्र प्रसाद घिमिरेको मृत्यु भएको हो।
त्यसैगरी रौतहटको सिमेरी जंगलस्थित धनसर जँगलसैयामा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा चालक संजय घिसिङको उपचारका क्रममा र्मृत्य भएको प्रहरीले जनाएको छ।
उता सिन्धुली हरिहरपुरगढीस्थित मदन भण्डारी राजमार्गमा मिनिट्रकले पैदल यात्री माइते राईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । बा.प्र ०३–००१ ख १८१४ नम्बरको मिनी ट्रकले राईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
पाल्पाको सिदार्थ राजमार्गमा बा४६ प ८७०२ नम्बरको मोटरसाईकल पैदलयात्रीलाई ठक्कर दिएर खोल्सामा खस्दा मोटरसाईकल पछाडी बस्ने तिनाउ बस्ने २७ बर्षका युवराज दर्लामीको मृत्यु भएको छ।



