Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रधानमन्त्री बालेन अमेरिकी राष्ट्रपति ट्रम्पको रात्रिभोजमा सहभागी नहुने

प्रधानमन्त्री बालेन अमेरिकी राष्ट्रपति ट्रम्पको रात्रिभोजमा सहभागी नहुने

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आगामी सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।

    करिब चार दिनको छोटो भ्रमणमा न्युयोर्क पुग्ने प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

    images

    तर, प्रधानमन्त्री बालेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभामा सहभागी विश्वका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा भने सहभागी नहुने भएका छन्।

    ट्रम्पले सेप्टेम्बर २२ मै उच्चस्तरीय पाहुनाका लागि रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा मात्र न्युयोर्क पुग्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा हुँदै न्युयोर्क जानेछन् । असोज ६ गते प्रस्थान गर्ने उनी असोज ७ गते न्युयोर्क पुग्ने र सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहको न्युयोर्क बसाइ छोटो भएकाले भेटघाटका कार्यक्रम पनि सीमित राखिएको छ। हालसम्म संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार