Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

कांग्रेसको १५औँ महाधिवेशन यथावत्, वडा देखि क्षेत्रसम्मको नयाँ तालिका सार्वजनिक

कांग्रेसको १५औँ महाधिवेशन यथावत्, वडा देखि क्षेत्रसम्मको नयाँ तालिका सार्वजनिक

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । बाढीले निम्त्याएको विपद्का कारण नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरूको कार्यतालिका संशोधन गरेको छ। तर, केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ केन्द्रीय महाधिवेशनलाई यथावत् राख्दै वडा, गाउँ तथा नगर र क्षेत्रीय तहका अधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो ।

    images

    यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिएको थियो । तर, भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट भएको धनजनको क्षतिलाई ध्यानमा राख्दै कार्यतालिका परिमार्जन गरिएको निर्वाचन समितिले जनाएको छ ।

    संशोधित तालिकाअनुसार गाउँ तथा नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ । त्यसपछि गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते सम्पन्न गर्ने तयारी गरिएको छ ।

    कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशनसमेत असोज १० गतेभित्र सम्पन्न गर्नुपर्ने जनाएको छ ।

    बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने स्थानीय अवस्था हेरेर तोकिएका निर्वाचन अधिकृत र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गरिनेछ ।

    निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ ।

    यससँगै कांग्रेसले विपद्का कारण तल्लो तहको निर्वाचन प्रक्रिया पुनःसमायोजन गरे पनि असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्ने तयारीलाई निरन्तरता दिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार