Oct 29 2026 | २०८३ कार्तिक १३ गते

गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्, इतिहास फेर्न नलाग्नुस्

गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्, इतिहास फेर्न नलाग्नुस्

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् । मंगलबार जेनजी सहिद  दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दल र नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेको भन्दै सुध्रन चेतावनी दिएका हुन्।

    साथै उनले आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान गर्नुजस्तै रहेको बताए । आफूलाई चिल्ला भाषण गर्न नआउने भन्दै मन्त्री गुरुङले भने, ‘अझै पनि पुराना दलका साथीहरूले विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ र भन्न चाहन्छु त्यो दिन इतिहास कसैले फेरेर फेरिँदैन।’

    images

    उनले इतिहास फेर्ने कोसिस नगर्न आग्रह गर्दै भने,‘आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीलाई अपमान गर्नु हो। त्यसैले सुध्रिनुस् अझै समय छ।’

    उनले पुरानो सोचले नयाँ नेपाल बनाउन नसकिने भन्दै भदौ २३ मा आफूहरू सत्ताको पछाडि नभएको भन्दै अहिले समेत त्यस्तो लोभ नभएको दाबी गरे।

    ‘न सत्ताको लोभ नै छ र शक्तिको घमण्ड नै’, गुरुङले भने, ‘अहिले पनि छैन र त्यतिवेला पनि थिएन । सुशासनको पक्षमा उभिन मात्र युवा एकै ठाउँमा जम्मा भएका थियो । तर शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो । गोली हानियो।’

    उनले अझै पनि भदौ २४ गते देश जल्यो भन्दै ट्रेनिङ गरेको देखिएको भन्दै भदौ २३ गते देश मरेको दिन भएको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार