पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउनेसेवाग्राही नेपालीको घुइँचो ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक करिब ४०० को हाराहारीमा नेपाली सेवाग्राहीकोे भीड हुने गरेको छ ।

राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत शुक्रबारबाट सेवा दिन सुरु गरेको शिविरमा दुई हजार भन्दा बढीको विद्युतीय राहदानी (ई–पासपोर्ट) ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको टोलीले जनाएको छ ।

तस्बिरः भरत प्रधान/रासस



