काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा भीएस निकेतन, रत्नराज्यलगायत क्याम्पसका विद्यार्थी सहभागी थिए । त्यसपछि प्रहरीले कलेज पोसाकमा रहेका विद्यार्थीलाई हटाउन भनेको थियो ।
प्रहरीको आग्रह नमानेपछि अखिल (क्रान्तिकारी) का केही नेताहरू पक्राउ परेका छन् ।




